नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताए । गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूलो भएपनि संविधान विपरीत भने नभएको उनको भनाइ थियो । ‘सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नुपर्छ,’ उनले विभिन्न देशमा साइकलमा मन्त्री हिँडेको समाचार आफूले सुनेको बताउँदै भने, ‘हाम्रा मन्त