सरकारका मन्त्रीलाई सवारीसाधनदेखि सुरक्षाकर्मीसम्मको सुविधा दिइएको हुन्छ तर भारतको राजधानी दिल्लीमा बुधवार अनौठो दृश्य देखिएको छ ।
भारत सरकारकी वित्तमन्त्री निर्मला सीतारमणले मंगलवार लोकसभामा बजेट पेश गरेपछि बुधवारदेखि बजेटमाथि छलफल हुँदैछ । त्यसअघि स्वास्थ्यमन्त्री मनसुख मांडविया साइकलमा संसद भवन पुगेका छन् ।
मन्त्री साइकल चढेर संसद भवन आएको दृश्य देखेर सुरक्षाकर्मी र सर्वसाधारण हैरान भएका छन् । उनी यसअघि कारमा चढेर आउने गरेका थिए ।
सामान्यतया मन्त्री मंगाविया सादा जीवनका व्यक्ति मानिन्छन् । त्यसको दृश्य बुधवार देखिएक...