न्युजील्यान्डकी सांसद जुली यान गेन्टर आइतवार बिहानै साइकल चढेर अस्पताल पुगेकी छन् ।
सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल गएकी उनले त्यहाँ पुगेको एक घन्टामा बच्चा जन्माएकी हुन् ।
‘ठूलो खबर !’ ग्रीन्स पार्टीकी नेत्रीले फेसबूक पोस्टमा लेखिन् । ‘आज बिहान ३ बजेर ४ मिनेट जाँदा हामीले परिवारको सबभन्दा नयाँ सदस्यलाई भित्र्यायौं । म सुत्केरी व्यथाले च्यापेको बेलामा साइकल चढेर जान खोजेकी त थिइनँ तर त्यसै हुन पुग्यो ।’
न्युजल्यान्ड सरल राजनीतिकर्मीहरूका लागि प्रसिद्ध छ । प्रधानमन्त्री जासिन्दा आर्डर्नले पदमा...