वीरगन्ज नाकाबाट नयाँ सवारी जाँचपास हुने क्रम बढ्यो

नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट यस्ता सवारी साधन जाँचपास हुने क्रम बढेको छ । आर्थिक मन्दी तथा वाणिज्य बैंकहरुले अटो लोन दिन गरेको कडाईको बावजुद यो भन्सार नाकाबाट ८ महिना यता झण्डै १ हजार नयाँ सवारी साधन जाँचपास भएर छुटेका छन् ।

सम्बन्धित सामग्री

विद्युतीय कारको आयात बढ्यो

चाडपर्व नजिकिएसँगै वीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधन जाँचपास बढ्न थालेको छ । अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष दसैं तथा तिहार पर्व नजिकिएसँगै सबै खाले सवारी साधन जाँचपास हुने अनुमानविपरीत विद्युतीय कार बढी जाँचपास भई छुटिरहेका छन् ।

विराटनगर भन्सारको राजस्व बढ्यो

विराटनगर । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २ सय हाराहारी मालवाहक सवारी विराटनगर नाका प्रवेश गर्न थालेका छन् । पुल सञ्चालनअघि १ सय १६ किलोमीटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुनः विराटनगर आईसीपी पुगेर माल जाँचपास गराउनुपर्ने र फेरि भण्टाबारी नाकाबाटै रित्ता मालवाहक साधन फर्काउनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १ सय २० ओटा मात्रै मालवाहक सवारी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्थे । अहिले उक्त संख्या बढेर २ सय पुगेको छ । मीरगञ्जको पुल भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भयो । कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ देखि ७ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० देखि १२ करोडसम्म संकलन भइरहेको बताए । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहकको संख्यामा केही सुधार आएको बताए । सुब्बाका अनुसार अहिले जोगवनी रेलवेमा र्‍याकबाट सामान आउने त्यो सामान आईसीपी हुँदै नेपाल भित्रिएकाले मालवाहकको संख्या बढेको हो । २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले मीरगञ्जको पुल भासिएको कारण देखाउँदै जोगवनी नाकाको साटो सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । त्यसपछि नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालन गर्‍यो । मालवाहक सवारी भीमनगर हुँदै १ सय १६ किलोमीटर घुमेर आउँदा व्यवसायीले १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरेको थियो ।

वीरगञ्जबाट आयात ठप्प, औद्योगिक क्षेत्र प्रभावित

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले सीमा नाकाबाट शुक्रवार (आज) आयातित मालवस्तुसमेत नभित्र्याउने भएको छ । स्थानीय निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राखेर मंगलवार मध्यरातदेखि सीमा नाका बन्द भए पनि बिहीवारसम्म आयातित वस्तु भन्सार हातामा ल्याउने कार्य जारी थियो ।  इन्धन र अत्यावश्यकीय मालसामानको भन्सार जाँचपास पनि भइरहेको भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमा नाकाबाट हुने सवारी र मानिसको आवागमन बन्द भए पनि मालसामानको आयात भने रोकिएको थिएन ।  भन्सारले इन्धन र अत्यावश्यकीय मालसामानको जाँचपास जारी राखेको छ । ‘नाका बन्दका कारण अत्यावश्यक वस्तुको आपूर्ति असहज नहोस् भनेर भन्सारमा मालसामान भित्र्याउने र जाँचपासको काम जारी राखिएको हो,’ पौडेलले भने । बुधवार अत्यावश्यक वस्तुका केही ट्रक जाँचपास गरेर पठाइएको भन्सारले बताएको छ । भारत जाने खाली ट्रकहरू पनि छोडिएको भन्सारले जानकारी दिएको छ ।  भारतबाट आएका ढुवानीका साधन भारतीय क्षेत्रमा जाम लाग्ने भएपछि त्यस्ता मालवाहक साधनलाई आउन दिइएको पौडेलले बताए । एकीकृत जाँच चौकी (आईसीपी) बाट मालसामान भित्र्याइएको भन्सारले बताएको छ । आईसीपीबाट मानिसको आवागमन हुँदैन । मितेरीपुल हुँदै वीरगञ्ज प्रवेश गर्ने नाका भने बन्द राखिएको छ ।  शुक्रवार भने भारतबाट मालसामान भित्र्याउने काम पनि बन्द रहने पौडेलले जानकारी दिए । मतदानको दिनमा भने वीरगञ्जलगायत सबै भन्सार कार्यालयले मालसामान भन्सार हातामा नभित्र्याउने पौडेलले जानकारी दिए । आयात–निर्यात र आवागमन परिमाणका आधारमा वीरगञ्ज मुख्य नाका हो ।  यो नाकाबाट दैनिक २ हजार मालवाहक, ४०० हाराहारी यात्रुवाहक सवारीसाधन र २ हजार यात्रुको ओहोरदोहोर हुन्छ ।  औद्योगिक क्षेत्र पनि प्रभावित  चुनावमा भोट हाल्न कामदार, कर्मचारी आआफ्नो घरतर्फ गएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको छ । बुधवारदेखि नै उद्योगको लोडिङ हुन नसकेको उद्योगी राजेश क्यालले बताए । ढुवानीमा काम गर्ने चालक र मजदूर नभएपछि मालसामान पठाउन नसकिएको क्यालको भनाइ छ ।

भारतबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास चोभारबाट पनि

३ चैत, काठमाडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लगाएको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले चोभार सुख्खा बन्दरगाहका लागि आन्तरिक परिवहनको सुविधा दिने जनाएको हो । यस्तो सुविधा अन्तर्गत स्रोत मुलुकबाट आएकै सवारी साधन वा भित्रिएको नाकामा पल्टी गरेर अर्को सवारी साधनमा जीपीएस ताला […]

भण्टावारी नाकाबाट आईसीपीमा भित्रिए २२२ ओटा मालवाहक सवारी(अपडेट)

पुस २८, विराटनगर । आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचारु भएपछि बुधवार २२२ ओटा मालबाहक सवारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन् । मालबाहक सवारीको चेकजाँच र भन्सार जाँचपास बिहीवारबाट हुने भन्सार कार्यालयले बताएको छ ।  विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौ बजेबाट प्रहरीको निगरानीमा भण्टाबारी नाकाबाट विराटनगरको आईसीपीसम्म मालबाहक ल्याउने र भन्सार चेकजाँच बिहीवारबाट गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए।   पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा भारतलगायतका तेश्रो मुलुकबाट आउने मालबाहकका लागि सुनसरीको भण्टावारी नाका भने मंगलवारबाट सुचारु गरिएको थियो । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासी पैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व गुमाउँदै आएको थियो ।  चार दिनदेखि जोगवनी र भण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  भारतबाट भण्टावारी नाका हुँदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवत जावत गर्ने गर्ने गरेका छन् ।    यो पनि हेनुस् : रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात

पुस २७, विराटनगर । पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकाबाट मंगलवार साँझदेखि आयात निर्यात शुरु भएको छ  मंगलवार साँझ सात बजेसम्ममा भारतबाट पाँच दर्जन मालवाहक सवारी नेपाल प्रवेश गरेका छन् । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् ।  विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासीपैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयको दैनिक करीब १४ करोड ५० लाख रुपैयाँ राजस्व गुमिरहेको थियो । पाँच दिनमा विराटनगर भन्सार कार्यालयले संकलन गर्नुपर्ने ६० करोड रुपैयाँ राजस्व संकलन गर्न सकेन ।  पाँच दिनदेखि जोगवनी र भाण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ ।  नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृती आएमा तत्कालका लागि सुनसरीको नेपाल भारत सीमामा रहेको भण्टावारी नाका प्रयोगको अनुमति सोमवार साँझनै दिएको थियो । तर भारतको भन्सार विभाग र जिल्ला अधिकारीको कार्यालयले यस बारेमा माथिल्लो निकायमा पत्र लेखेपनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्यौलताका कारण नेपाल भारत निकासी र पैठारी रोकिएको थियो ।  विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टावारी नाका हुँदै विराटनगरको आईसीपी सम्म आइपुग्दा मालवाहकलाई झण्डै ११६ किलोमिटरको यात्रा तय गर्नुपर्छ । चार वर्ष अघि पनि मिरगञ्जको पुल भासिदा मालबाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो ।  भारतबाट भण्टावारी नाका हुदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले नेपाल प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए ।  भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख रुपैयाँ भएपनि पुस भासिएपछि भारतलगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य वस्तु र कच्चा पदार्थसमेत नआएकाले पाँच दिनमा झण्डै ६० करोड रुपैयाँ राजस्व संकलन हुनु पर्नेमा संकलन हुन सकेन ।  फलामको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पुल बनिसकेकाले त्यो दुई महीना भित्रमा चालू भएपछि जोगवनी नाकामा आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रुपमा समाधान हुने छ । विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवतजावत गर्ने हुने गरेको छ ।

भन्सारबाट आयातकर्ताले धमाधम छुटाउन थाले विलासी कार, २० दिनमा डेढ सय कार छुटे

वीरगंज : वीरगंजस्थित तीन वटा भन्सार नाकाबाट व्यवसायीहरुले धमाधम सवारी साधन छुटाउन थालेका छन्। जेठ १५ गते हुने बजेट भाषण अगावै नेपाली आयातकर्ताहरुले भन्सार विन्दुमा लामो समयदेखि होल्ड भएका सवारी सधानको जाँचपास गराउन थालेका हुन्। वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आगामी बजेटमा सवारी सधान आयातमा