सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह, आयात/निर्यातका लागि भन्सार तथा क्वारेन्टाइनसहितको सबै पूर्वाधार

चैत २२, काठमाडौं ।  चोभार सुक्खा बन्दरगाह अन्तत : मंगलवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गर्नुभएको हो । उहाँले वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको शुरु  गर्नुभएको थियो ।  उक्त अवसरमा प्रधानमन्त्री देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तरराष्ट्रिय व्यापारको हब बनाउने बताउनुभयो । चोभार बन्दरगाह सञ्चालन पछि व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने भन्दै उहाँले गुणस्तरीय व्यापार पूर्वाधारले सबैलाई लाभ पुग्ने र वैदेशिक व्यापार थप व्यवस्थित एवं प्रतिस्पर्धात्मक बताउनुभयो  । तेस्रो मुलुकबाट मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगञ्ज नाका हुँदै काठमाडौं आएका थिए । अब स्थलमार्ग हुँदै गरिने अन्तरराष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्नका लागि बाटो खुलेको छ । सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । अब व्यवसायीले आयात गरेका वस्तु सक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् । भन्सार विभागले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भित्रिने मालबाहक सवारी साधनको यसअघि नै रुट तय गरिसकेको छ । भन्सार विभागले भारतर्फका पाँच ओटा प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै उक्त बन्दरगाहमा भित्रिने सवारी साधनको सडक मार्ग तोकेको हो ।   उक्त रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै उक्त सुक्खा बन्दरगाहमा प्रवेश पाउने छन् । विभागका अनुसार मेची भन्सार कार्यालय कांकडभिट्टाबाट मालवस्तु लिएर सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछन् । यस्तै विराटनगर भन्सार कार्यालयबाट मालवस्तु लिएर छुटेको सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारायणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुक्खा बन्दरगाह पुग्नेछन् । त्यस्तै वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह सिर्सियाबाट छुटेको सवारीसाधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुक्खा बन्दरगाह पुग्नेछन् । यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुटेको सवारीसाधन बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुक्खा बन्दरगाह आइपुग्ने छन् ।  नेपालमा यसअघि तीन ओटा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । विराटनगर, वीरगञ्ज र काँकडभिट्टास्थित सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । चोभार बन्दरगाह सञ्चालनमा आउँदा अन्तरराष्ट्रियस्तरमा वस्तु ओसारपसार र मालसामान ढुवानी गर्न सक्षम हुनुका साथै लागत खर्च घटाउन पनि ठूलो सघाउ पुग्नेछ अपेक्षा नेपाली व्यापारीहरुले गरेका छन् । आयात र निर्यातका लागि भन्सार, क्वारेन्टाइन, सुरक्षासहितको सबै पूर्वाधार रहेको उक्त बन्दरगाहमा ५०० कन्टेनर र ५०० ट्रक अट्ने क्षमता छ ।

सम्बन्धित सामग्री

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

काठमाडौँ – चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ। ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि दर्ता गरी पाँच वर्षका लागि रु दुई करोड ८८ लाख न्यूनतम पट्टा वहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी आज समितिसँग […]

निजी क्षेत्रले सञ्चालन गर्दै चोभार सुक्खा बन्दरगाह

काठमाडौं : चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ।विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ।समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो।समितिका कार्यकारी निर्देशक आश

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आउँदो पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन निजी कम्पनीमार्फत गर्न लागेको हो । बोलपत्रको अवधि ४५ दिनको रहेको र बोलपत्र बुझाउने अन्तिम मिति सेम्टेम्बर ८ अर्थात् २०८० भदौको २२ गतेसम्म रहेको छ । बोलपत्रमा भाग लिनका लागि आवश्यक योग्यता पनि तोकिएको छ । साथै विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने प्रावधान राखि...

सेतो हात्ती बन्दै चोभार सुक्खा बन्दरगाह

काठमाडौं, माघ ९ । सञ्चालनमा आएको झन्डै १ वर्षपछि पनि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह प्रयोगमा नआएपछि सेतो हात्ती बन्ने खतरा बढेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर भित्रिएका छन् । यहाँबाट तीनओटा कन्टेनर मात्र बाहिरिएको अभिलेख छ । तीन वर्ष लगाएर डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको चोभार सुक्खा बन्दरगाह […]

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउन निर्देशन दिएका छन् । चोभारस्थित सुक्खा बन्दरगाहको सोमबार अवलोकन गर्दै मन्त्रीले पूर्ण क्षमतामा चलाउने वातावरण मिलाउन नेपाल इन्टरमोडल यातायात...

सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह

घोषणा गरेको झन्डै एक दशक र निर्माण सुरु भएको तीन वर्षपछि चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्रीले उद्घाटन गरे, अब भन्सार जाँचपास काठमाडौंमै   वीरगन्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा...

चोभार सुक्खा बन्दरगाह संचालन

चोभार सुक्खा बन्दरगाह औपचारिकरुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहको उद्घाटन गरेसँगै औपचारिकरुपमा संचालनमा भएको हो।  वीरगन्जबाट सामान लिएका तीनवटा कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराएर सञ्चालनको  शुभारम्भ गरिएको थियो।...

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौं, असोज २२ । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस लगायत कारणबाट निर्माणमा ढिलाइ […]

तयार भयो चोभार सुक्खा बन्दरगाह

सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस ९कोभिड १९० लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो ।२२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू। १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर