पर्यटन व्यवसायी र मजदुरलाई कोरोनाको खोपका साथै राहत प्याकेज घोषणा

काठमाडौँ। गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।नवनियुक्त मन्त्री शर्माले कोरोनाले प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

पर्यटन मजदूरले अझै पाएनन् राहत, पर्यटन व्यवसायमा दक्ष जनशक्तिको अभाव बढ्दै

फागुन १४, धरान । करीब दुई वर्षदेखि पर्यटन व्यवसाय बन्द भएसँगै त्यसको मार व्यवसायमा काम गर्ने मजदूरहरुमा पर्‍यो । उनीहरुको स्रोत नै ठप्प हुँदा गुजारा गर्न नै मुस्किल भयो । पर्यटन व्यवसायमा कार्यरत मजदूरहरु कतिले त अहिले पेशा नै परिवर्तन गरिसके, कति चैं व्यवसायी आफैले ५० प्रतिशत तलब दिएर भए पनि राखेका छन् ।  कोरोनाको जोखिम केही सामान्य हुँदै गएपछि सरकारले पर्यटन व्यवसायलाई लक्षित गर्दै केही राहतका प्याकेज ल्यायो, तर पर्यटन मजदूरको पहिचान हुन नसक्दा उनीहरुले अहिलेसम्म पनि राहत पाएका छैनन् ।  जोखिममा परेका अन्य व्यवसायका मजदूरहरुले राहत प्याकेज पाए पनि पर्यटन व्यवसायसँग जोडिएका मजदूरहरुलाई भने कुनै राहतको व्यवस्था नगरेको व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायमा प्रत्यक्ष संलग्न रहेका होटल, ट्राभल्स, ट्रेकिङ लगायतका क्षेत्रमा काम गर्ने मजदूरहरु विस्थापित हुन पुगेका छन् । ठूला व्यवसायमा स्थायीरुपमा कार्यरत मजदूरहरु स्थापित भए पनि साना व्यवसायका मजदूरहरु भने विस्थापित भएको व्यवसायीको भनाइ छ । मजदूरहरु काम बिहिन हुँदा पेशा नै परिवर्तन गरेको उनीहरुको भनाइ छ । पर्यटन व्यवसायका दक्ष जनशक्तिहरुलाई जोगाउन नसक्दा अहिले जनशक्तिको अभाव बढ्दै गएको छ ।  कोरोना कालमा दुई वर्षसम्म भोकै बस्नुपर्दा दक्ष जनशक्तिले पेशा नै परिवर्तन गर्न बाध्य बनेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का पर्यटन शाखा संयोजक भविश कुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार पर्यटन व्यवसायमा रहेका प्रत्यक्ष रुपमा ३० हजार र अप्रत्यक्ष रुपमा ५० हजार मजदूरहरु प्रभावित बनेका छन् । उनका अनुसार ठूला होटल, ट्राभल्स, ट्रेकिङमा कार्यरतहरु ५/ ६ महीनापछि नै फर्के तर साना साना व्यवसायमा काम गर्ने मजदूरहरु अझै पनि विस्थापित छन्, कामदारहरु विस्थापित भएर पेशा परिवर्तन गर्न थाले, होटलको कुक अहिले स्याउ व्यापारी भए, अरु काम गर्न थाले, दक्ष जनशक्ति बर्बाद भयो, त्यो दक्षजनशक्ति ल्याउन सकिरहेको छैन । धेरै मजदूरहरु काम बिहिन हुँदा विस्थापित भएपछि अहिले जनशक्ति तयार गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । व्यवसाय सञ्चालन गर्न अहिले अप्ठ्यारो परिरहेको उनले बताए । कोरोना जोखिमका समयमा सरकारले नीतिगत रुपमा केही सहयोग नगरेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । कोरोनाको समय अवधिसम्म व्यवसाय आफैले उनीहरुलाई व्यवस्थापन गर्नु परेको उनको भनाइ छ । उनी भन्छन्, ‘भेडेटारका पर्यटन व्यवसायमा आवद्ध मजदूरलाई लकडाउन भरी राख्यौं, उनीहरु जान पनि पाएनन्, खान बस्न सबै हामी आफैंले व्यहोरै, ५० प्रतिशत तलब दिएर भए पनि राख्यौं, घरभाडामा बस्नेलाई घरमालिकलाई सम्झाएर बहाल छूट गरिदियौं ।’ सरकारले नीति बनाएर पर्यटन मजदूरलाई राहतको व्यवस्थापन गरिदिनु पर्ने उनको भनाइ छ ।  विस्थापित जनशक्तिलाई फेरी पुनः उत्थानका लागि जागरण गर्न आवश्यक रहेको महासंघका प्रदेश नं १ का पर्यटन संयोजक श्रेष्ठ बताउँछन् । उनले भने, ‘व्यवसायीले भनिरहेको छौं तर सरकारले कुनै पनि योजनाको काम गरिरहेको छैन । हामीले आफैले तालिम दिने काम गरिरहेका छौं ।’  पर्यटन व्यवसायीहरुलाई ग्यारेन्टीमा राखेर १ लाख रुपैयाँसम्म स्तर हेरेर ऋण दिनु पर्ने उनी बताउँछन् । मजदूरलाई दिएको ऋण तिर्ने ग्यारेन्टी पर्यटन व्यवसायी बस्छभन्दा पनि सरकारले नगरेको उनको गुनासो छ ।  यता पर्यटन मजदूरको पहिचान हुन नसक्दा राहतको व्यवस्था गर्न नसकिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी बताउँछन् । उनीहरुको पहिचान गर्न नै समस्या भएको उनको भनाइ छ । उनका अनुसार के आधारमा पर्यटन मजदूर भन्ने, उनीहरुले पाएका कुनै सुविधाको सिस्टममा छैन । प्रत्येक पालिकाहरुले पर्यटन मजदूर प्रमाणित गरे राहतलाई निरन्तरता दिन सकिने उनको भनाइ छ ।

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् । नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन व्यवसायीका लागि रु […]

मौद्रिक नीति कार्यान्वयन गर्न व्यवसायीहरुको माग

पोखरा-कोरोना भाइरसले गर्दा पोखरा क्षेत्रका करिब २५ प्रतिशत पर्यटन व्यवसायीहरु प्रभावित भएका छन् । कोरोनाले गर्दा विगत ९ महिनादेखि प्रभावित भएको व्यवसायलाई समयमै सरकारबाट राहत प्याकेज आउन ढिलाई हुँदा करिब २० देखि २५ प्रतिशत पर्यटन व्यवसायी विस्थापित भएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।नेपाल सरकारले पर्यटन क्षेत्रको लगानी सुरक्षाको लागि जति सक्दो छिटो […]

बजेटमा राहत कुर्दै पर्यटन व्यवसायी

कोरोना भाइरससँगै लामो समयदेखिको लडडाउनले नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको बेला पोखराका पर्यटन व्यवसायीले भने आगामी आर्थिक वर्षको बजेटमा राहत प्याकेज माग गरेका छन् । उनीहरूले कोरोनासँगै लामो समयदेखिको लकडाउनले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको भन्दै पहिलेकै अवस्थामा फर्किन दुई वर्ष लाग्नसक्ने हुँदा राहत प्याकेज माग गरेका हुन् ।