संसदीय समितिहरूले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरूले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने प्रतिबद्धता गरेका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने […]

सम्बन्धित सामग्री

रामग्राम गुरुयोजना प्रकरण : सम्झौता बदर गर्न निर्देशन

पुरातात्त्विक महत्त्वको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने गरी भएका निर्णय र सम्झौता बदर गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले सम्झौता प्रतिस्पर्धाविहीन भएको, प्रचलित कानुनी व्यवस्था र प्रक्रियाको पालना नभएको र दीर्घकालीन रूपमा राज्यलाई हानि हुने देखिएको भन्दै बदरको निर्देशन दिएको हो । सम्बन्धित र सरोकारवाला मन्त्रालयले सहमति नदिँदै गलत नियतले सम्झौता गरेको भन्दै समितिले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत सम्झौता गलत भए पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको शेयर कारोबारमा आएको छ ।  नेप्सेले गत साउन ४ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएकाे भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यससँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो । त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको छ । पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।   धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको पालना गर्ने प्रतिबद्धता भएपछि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।  गत असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो । तर, कम्पनीले नेप्सेमा साउन ४ गते उक्त निर्णयको जानकारीसहितको पत्र पठाएको थियो ।  कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले त्यस्तो सूचना समयमै जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो ।

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौं, १० चैत्र । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान कार्यलयमा आज (शुक्रबार) अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा […]

विन नेपाल लघुवित्तको शेयर कारोबार फुकवा

जेठ ६, काठमाडौं । नेपाल स्टक एक्चेञ्जले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिंदै सेयर कारोबार फुकुवा गरेको हो । सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ । सो अनुसार कम्पनीले वैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अब बाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

निर्वाचन आयोगले दलहरूसँग माग्यो ६० बुँदे प्रतिबद्धता

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा  प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।  यस्तो छ निर्देशन

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहमा बोल्दै उनले राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउन सदैव लगनशील रहने प्रतिबद्धता जनाए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरीले […]

संसदीय समितिका हरेक निर्णय पालना गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभयो ।

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समिति (जिसस) मा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्।

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्।