शैक्षिक सत्र २०७७ देखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएको हो । चार महिनाअघि नै सरकारले नयाँ पाठ्यक्रम लागू गरे पनि यस विरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अलमल देखिएको थियो, तर २०७७ पुस २८ गते सर्वोच्च अदालतले सो रिट खारेज गरेपछि भने नयाँ पाठ्यक्रम नै कार्यान्वयन भयो। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११/१२ मा तत्काल कायम रही आएको संकाय प्रणाली खारेज गरी लागू भएको भनिएको पाठ्यक्रम अनुसार कक्षा ११ र कक्षा १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा/मानव मूल्य शिक्षा गरी तीन विषय अनिवार्य गरेको छ भने अन्य तीन...