बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् । “उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । शोक मनाउने दिन भारतभर …