नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुरा- बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुङ्गे पुल निर्माण गरिएकाे छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।  बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने याे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई […]

सम्बन्धित सामग्री

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर देखिएको डाडागाउँका टुकमान जुग्जालीले बताए । पदमार्ग बनेपछि बिम र डाँडागाउँमा तीन सय परिवार लाभान्वित भएका […]

धाय ड्रिम्स : हामी ‘जलवायु शरणार्थी’ बन्न तयार भएका हौं ?

‘धाय ड्रिम्स’ले यो जलवायु संकटको यो बृहत्तर पाटोमा प्रकाश पार्ने प्रयत्न गरेको छ । खासगरी कम पानी पर्ने अर्थात् ‘रेन स्याडो’ क्षेत्रमा पर्ने मुस्ताङ, मनाङ र डोल्पा यसबाट प्रभावित छन् । अहिले पनि उनीहरु जलवायु वित्तबाट लाभान्वित हुन सकिरहेका छैनन् ।

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेको १ वर्ष पछि ढोरपाटन नगरपालिकाको वडा नं ६ मा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  सेवा सञ्चालनमा आए सँगै त्यहाँका खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय बढि घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावरबाट...

निःशुल्क स्वास्थ्य घुम्ती शिविरबाट १ हजार बढी लाभान्वित

जुम्लाको हिमा गाउँपालिका -१ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ। शिविर शनिबारदेखि सुरु भई मंगलबार  सकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। शाहीका अनुसार शिविरबाट कुल १ हजार ५ सय ६६ जनाले सेवा लिएका छन्। उनीहरु मध्ये ८ सय २८ जनाले आँखाको चेक जाँच,३५ आँखाक‍‍ो सल्यक्रिया,३५ जनाले गाइन‍ो सेवा, ४ सय ५१ जनाले स्तरीयसेवा पाएका छन्। यस्तै ३ सय ६३ जनाले डेण्टल उपचार गरेका छन् । दुर्गम गाउँ वस्तीका अपाङ्गता भएका व्यक्ति, ज्

पुल बनेपछि सडकसँग जोडिँदै गाउँ

पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।

नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्न

एक घर एक धाराले फर्कायो गाउँ

तनहुँ । खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित झन्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’ गण्डकी प्रदेश सरकारको १ करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुवाको एक गाग्री पानी भर्न कठिनाइ भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई सहज भएको छ । सोही वडाको छिपछिपेभन्ज्याङ घोप्रे खोलाबाट मूल ट्यांकीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले बताए ।  गाउँमा २४ सै घन्टा धारामा पानी आएपछि स्थानीय खुसी छन् । उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीय व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’ उक्त आयोजनाबाट त्यस क्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टिङका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष आलेले बताए । रासस

मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित

पूर्वी तथा मध्य नेपालका उखु किसान समयमै भुक्तानी नपाएको पीडामा रहेको बेला पश्चिम नेपालको कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रममार्फत उखु खेतीका लागि अनुदानमा बीउ बिजन, मलखाद, यन्त्र तथा उपकरण दिन थालेपछि किसान व्यावसायिक रूपमा उखु खेतीतर्फ आकर्षित भएका हुन् । गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेलडाँडीमा उखु खेती प्रवद्र्धन गरिएको छ । उखु खेतीबाट राम्रो आम्दानी हुने र कार्यक्रममार्फत सिँचाइ सुविधादेखि यन्त्र उपकरण पाएकोले उखु खेतीका लागि निक्कै सहज भएको उखु किसानको भनाइ छ ।

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

डडेल्धुरामा रहेका लघु जलबिद्युत आयोजना मध्ये हाल तीन वटा आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्णभई प्रयोग विहिन बनेका छन । तीन वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन बनेसंगै लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।