बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्न