काठमाडौं : चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ।चुनाव प्रचारप्रसारका लागि मंगलबार झापा पुगेका उनलाई रुघाखोकी लागेर ज्वरो आएको एमाले झापाका एक नेताले जानकारी दिए।ती नेताका अनुसार ज्वरो आएपछि अध्यक्ष ओली आज (मंगलबार) दमकस्थित निवासमा आराम गरेर बुधबार बिहानदेखि पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनेछन्।उनी चुनाव प्रचारप्रसारका विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबारसम्म गृहजिल्लामै बस्ने गरी झापा गएका हुन्।