धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्व आउनुपूर्व हरेक वर्षजस्तै यस वर्ष पनि अनुगमन कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालय धादिङको संयुक्त आयोजनामा जिल्लाको राजमार्ग क्षेत्र, धादिङबेसी बजार क्षेत्र तथा ग्रामीण क्षेत्रका बजार अनुगमन गरिएको हो ।