काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजित ‘चामललगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएको हो।मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजार