उपाधीको दावेदार मानिएको भारतलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।भारतले जितका लागि दिएको १३४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित रहँदै ५६ तथा एडेन मार्क्रमले ५२ रनको योगदान गरे। टेम्बा बावुमाले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ अर्शदीप सिंहले सर्वाधिक २ तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र