नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिएको एक महिनाभन्दा बढी भएको छ । उनीहरु ‘कर्मचारी विनियमावली, २०६१’ संशोधनको मागसहित ३५ दिनदेखि निरन्तर आन्दोलनमा छन् ।उक्त विनियमावलीले कर्मचारीको बढुवामा असर गर्ने भन्दै महिना दिनभन्दा बढी समयदेखि आफ्नो काम छाडेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ट्रेड युनियनको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएको ३५ दिन भइसक्दा पनि विरोधका कार्यक्रम रोकिने छाँट देखिएको छैन ।आन्दोलनरत कर्मचारीले आफुहरुको माग पुरा नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिइरहेक