आन्दोलनरत टेलिकमका कर्मचारी र व्यवस्थापनबीच वार्ता हुँदै, होला सहमति ?

 आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी र व्यवस्थापनबीच वार्ता सुरु भएको छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष मोहन फुयाँलले टेलिकमको केन्द्रीय कार्यालयमा साढे ३ देखि वार्ता सुरु भएको बताए । उनले कर्मचारी विनियमावली संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनका प्रतिनिधि वार्तामा सहभागी भएको बताए ।वार्तामा तीन वटा युनियनका दुई/दुई जना, टेलिकमको व्यवस्थापनतर्फबाट ६ जना, सूचना तथा सञ्चार मन्त्रालयकातर्फबाट २ जना र टेलिकमको सञ्चालक समितिका एक सदस्य सहभागी छन

सम्बन्धित सामग्री

टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । साउन पहिलो सातादेखि विभिन्न माग राखेर नेपाल टेलिकमको मुख्यालय घेराउ गर्दै आएका टेलिकमका कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकमका कर्मचारी र व्यवस्थापनबीच १९ बुँदे सहमति भएसँगै टेलिकममा क्रियाशील तीन वटा ट्रेड युनियनहरुले आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । शनिबार व्यवस्थापनसँग भएको सहमतिलाई अनुमोदन गर्नेदेखि आगामी रणनीति तय गर्न अहिले ट्रेड युनियनहरुको […]