त्रिविमा तालाबन्दी तोड्ने स्थानीयको चेतावनी

महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयले दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

प्रदुषण नियन्त्रणको माग गर्दै सीजी सिमेन्ट उद्योगमा तालाबन्दी

प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको रैनादेवी छहरा–२, सोमादीस्थित सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दालले तालाबन्दी गरेका छन् । सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीयको भेलाले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै शनिबार कम्पनीमा तालाबन्दी गरेका हुन् ।

लुम्बिनी चिनी कारखानामा स्थानीयको तालाबन्दी

पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिल सुनवलमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगको प्रदूषण नियन्त्रणमा उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग वरपरका स्थानीयले उद्योगको मूल गेटमा ताला लगाएपछि उद्योग बन्द भएको हो ।

सडक कालोपत्रे गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय अगाडिको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । पालिकाको थली क्षेत्रमा रहेको सडकमा कालोपत्रे नभएको स्थानीय गुनासो छ । लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ ।

त्रिविमा तालाबन्दी तोड्ने स्थानीयको चेतावनी

काठमाडौं, भदौ १९। महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयलेृ दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएका छन् । एक साताअघि त्रिविको ताला खोल्न माग गर्दै पत्र टाँसेका स्थानीयले तालाबन्दी गर्ने सरकारआबद्ध नेपाल विद्यार्थी संघलाई दुई दिनभित्र ताला खोल्न अल्टिमेटम दिएको छ । स्थानीय देव महर्जनले ताला नखोले […]

अध्यक्षकै निर्देशनमा गाउँ पालिकाको कार्यालयमा तालाबन्दी

जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयको आरोप छ।

अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । नागरिकले पाउने सुविधामा हेलचेक्रयाई भएको भन्दै ५४  जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो । स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका  ८ अन्तर्गत, साविक इर्खु गाविसका ९ ओटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो । उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितत

लुक्ला टेलिकममा स्थानीयको तालाबन्दी

सोलुखुम्बुको नेपाल टेलिकम शाखा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । टेलिकमको शाखा लुक्लामा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले सञ्चार सेवा प्रभावकारी नभएको भन्दै ‘एक सेवाग्राही, एक तालाबन्दी’ गरेका हुन् ।

मध्य भोटेकोशी आयोजनामा स्थानीयको तालाबन्दी

६ साउन, सिन्धुपाल्चोक । विभिन्न १२ बुँदे माग राख्दै स्थानीय वासिन्दाले सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् । आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरु उपस्थितिमा आयोजनाको …

रकम हिनामिना गरेको भन्दै गाउँपालिका कार्यालयमा स्थानीयको तालाबन्दी

२ साउन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा स्थानियवासीले तालाबन्दी गरेका छन् । वडा नम्बर १ मुडली, टिनडोबिया र रबिदासका स्थानीयवासीले विभिन्न मांग राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । अध्यक्ष नथुनी कुशवाह, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम …