लुम्बिनी चिनी कारखानामा स्थानीयको तालाबन्दी

पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिल सुनवलमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगको प्रदूषण नियन्त्रणमा उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग वरपरका स्थानीयले उद्योगको मूल गेटमा ताला लगाएपछि उद्योग बन्द भएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास कोषमा तालाबन्दी

लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू कोषका पदाधिकारी र कर्मचारीले गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो ।

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

स्वास्थ्य बिमा बोर्ड अन्तर्गतका दर्ता सहयोगीले बोर्डको बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

नियतवस लिलामीमा लगेकाे भन्दै बैंकमा तालाबन्दी

भैरहवा। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् । स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको […]

प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयद्वारा तालाबन्दी

बुटवल– पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उद्योग सञ्चालनका […]

उद्योगमा तालाबन्दी भए बैंकहरूमा ताला लगाउँछौँ : व्यवसायी

घोराही : उद्योगी व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन्।बैंकले वृद्धि गरेको  ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन्। बैंकको ब्याजको विरोधमा अहिले देशभर आन्दोलन भइरहेको छ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बुधवार  विरोध कार्यक्रम आयोजना ग

खाद्य व्यवस्था तथा व्यापार कम्पनी भैरहवामा किसानले लगाए ताला

२५ मंसिर, बुटवल । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गर्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरेका छन् । महासंघले संयुक्त रुपमा घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आइतबार भैरहवामा तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र […]

मानित विश्वविद्यालयका रुपमा अग्रसर क्याम्पसमा महिनौँदेखि तालाबन्दी

बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले  लाइब्रेरीको

लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षाको पुरै शुल्क उठाएको भन्दै आज विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले  क्याम्पसको लेखा शाखा र परिक्षा शाखामा तालाबन्दी गरेको हो ।क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग  नगरेको अवस्थामा अनलाइन क

लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी

पन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी गरिएको छ। नगरपालिकाको कार्यालय अन्य वडामा सार्न लागेको विरोधमा स्थानीयले