भक्तपुर : बहुप्रचारित योजना राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको पाँच वर्ष भएको छ। यतिका समयमा यद्यानको न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ न उद्यान सञ्चालनसम्बन्धी ऐन नै। त्यस्तै‚ कर्मचारी दरबन्दी तय नुहँदा उद्यान सञ्चालनमा कति कर्मचारी रहने भन्ने समेत अझै टुंगो लाग्न सकेको छैन।प्राणी उद्यानको शिलान्यास केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते गरिएको थियो। शिलान्यास भएको पाँच वर्षमा यसको सिमांकन समेत पूरा हुन सकेको छैन। प्राणी उद्यानका लागि राजपत्