वनमा पशु चराउन गएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षको भीरबाट लडेर मृत्यु भएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका– ५ स्थित धुमछुमी आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष मानसिंह सार्कीको भीरबाट लडेर मृत्यु भएको हो।...
बझाङ । बझाङमा वडा अध्यक्षको मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । मंगलबार राति उनको ३८ बर्षको उमेरमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । केही समय अघि देखि विरामि रहेका बोहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेको बुझिएको छ । उनलाई नेपालगन्जबाट घर […]
The post बझाङमा वडा अध्यक्षको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रुसको सबैभन्दा ठूलो तेल कम्पनी ‘लुकओयल’ का अध्यक्षको अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीकाअनुसार अस्पतालको झ्यालबाट खसेर ६७ वर्षीय अध्यक्ष राभिल मगानोभको मृत्यु भएको हो ।अस्पतालको झ्यालबाट खसेपछि ‘सेन्ट्रल क्लिनिकल हस्पिटल’ मा उपचारको क्रममा उनको मृत्यू भएको रसियन मिडियालाई उदृत गर्दै बीबीसीले लेखेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमा सैन्य हमला सुरू गरेपछि तेल बिक्रीमा असर परेको भन्दै उनले युद्ध रोक्न सरकारसमक्ष अनुरोध गरेका थिए ।य
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको छ । बर्माको उपचारका क्रममा गएराति काठमाडौंको मेडिसेटी अस्पतालमा मृत्यु भएको हो । अध्यक्ष बर्मा लामो समयदेखि पे्रसर, सुगर र किड्नीको समस्याबाट ग्रसित हुनुहन्थ्यो । बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
२१ जेठ, रौतहट। कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिका वडा -२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का […]
काठमाडौं। टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको कोरोनाबाट मृत्यु भएको छ। कोभिड-१९ सङ्क्रमण भएपछि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उनको उपचारका क्रममा आज बिहीबार निधन भएको हो। ६ वर्षअघि स्थापना भएको उनको ब्रुअरीले पेय पदार्थसँगै इनर्जी ड्रिंक्स पनि उत्पादन गर्ने तयारीमा थियो। खड्काकी श्रीमतीको पनि २० दिनअघि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको थियो।
बाजुरा। कोरोना भाइरको संक्रमणबाट बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोदकुमार बिकको शनिवार मृत्यु भएको थियो। विगत एकहप्तादेखि बिरामी रहेका बिकलाई हिजो शनिबार कोरोना पुष्टि भइ थप उपचारको लागि डडेलधुरा लैजाने क्रममा मृत्यु भएको नगरपालिकाका मेयर पदम बडुवालले बताए।
काठमाडौं : पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। केहि दिनदेखि कोरोनासँग मिल्दाे जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ। एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृत्यु भएको हो।