कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु

काठमाडौं : पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। केहि दिनदेखि कोरोनासँग मिल्दाे जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ। एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृत्यु भएको हो।    

सम्बन्धित सामग्री

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु

पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्याजस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज– ९ स्थित आफ्नै निवासमा निधन भएको हो