रामनगर गाउँपालिकाका अध्यक्षको मृत्यु

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको छ । बर्माको उपचारका क्रममा गएराति काठमाडौंको मेडिसेटी अस्पतालमा मृत्यु भएको हो । अध्यक्ष बर्मा लामो समयदेखि पे्रसर, सुगर र किड्नीको समस्याबाट ग्रसित हुनुहन्थ्यो । बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित सामग्री

रामनगर गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको ६७ वर्षको उमेरमा निधन भएको छ । सर्लाहीको पश्चिमी भूभागमा अवस्थित रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको काठमाडौंको मेडिसिटी हस्पिटलमा शनिबार राति १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । लामो समयदेखि मधुमेह तथा बिपिको समस्याबाट ग्रसित रहेको अध्यक्ष बर्माको उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी […]

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका बर्माको उपचारका क्रममा शनिबार राती मेडिसिटी अस्पताल काठमाण्डौंमा निधन भएको हो । रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्माको स्वास्थ्यमा समस्या भएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं जानुभएको थियो । ६८ वर्षीय बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो ।