काठमाडौँ – अध्यादेश खारेज भएसँगै ११ महिनाअघि शून्यतामा पुगेको संवैधानिक परिषद सम्बन्धी ऐनको केही दफा जगाउने विधेयक सरकारले संसदमा दर्ता गरेको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको भन्दै चर्को आलोचना गरेको कांग्रेसले त्यहीँ प्रावधान जगाउने विधेयक ल्याउँदा उस्तै प्रावधान राखेर ल्याएको छ। […]