संवैधानिक परिषद बैठक जारी, सभामुख सापकोटा र देउवा गएनन्

काठमाडौं :  संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। स