प्रधानमन्त्रीले ल्याए दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।
२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’ सरकारले हालै […]
संवैधानिक परिषद सम्बन्धी विधेयक प्रक्रियामा लैजान सभामुख अग्निप्रसाद सापकोटालाई नैतिक संकट पर्ने देखिन्छ । पूर्ववर्ती सरकारले यहि प्रकृतिको अध्यादेश ल्याएर गरेको नियुक्तिविरुद्ध उनी मुद्दा लिएर अदालत गएका छन्, जसको अझै टुंगो लागेको छैन ।
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएकै अध्यादेशसँग मिल्नेगरी सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि विवाद बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै प्रावधान परेपछि विवाद भएको हो । संवैधानिक परिषदमा आफू अनुकूल निर्णय […]
काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धका मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाई गर्दैछ । गत शुक्रबार संवैधानिक इजलासबाट बुधबारका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक-एक घण्टा समय दिएको छ । यो समय अपुग भए दुवै पक्षले आधा-आधा घण्टाको थप समय पाउनेछन् […]
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च अदालतमा लिखित जवाफ दिंदै […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेकी छिन्।
संवैधानिक नियुक्तिमा आफूले चाहेका व्यक्तिलाई निर्वाध रुपमा चयन गर्न सहज बनाउँदै ओलीले यस्तो अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषदको बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित…
काठमाडौं : संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। स
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश&n