सिमकोट- पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९७० पशु मरेको पाइएको छ। भेटनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले हालसम्म ९ हजार ९८८ पशुमा यो रोग देखिएकोमा ९७० पशुवस्तु मरेको जानकारी दिए। उनका अनुसार जिल्लाका सातवटै गाउँपालिकाका पशुमा यो रोग लागेको छ। मर्ने पशुमा गाई-गोरु, घोडा, जुमा, झोपा, […]