सुर्खेत : कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, दैलेख र सुर्खेतमा देखिएको लम्पी स्किन रोगबाट सयौँ पशुचौपाया मरे पनि प्रभावकारी उपचार हुन सकेको छैन।स्थानीय सरकारले बजेट अभाव भयो भन्दै प्रदेश सरकारसँग माग गरे पनि प्रदेश सरकारबाट समेत औषधिका लागि प्रभावकारी पहल नभएको पीडित कृषकले बताएका छन्। यो सरुवा रोग भएकाले दैनिक पशुचौपायामा अधिक मात्रामा सर्ने गरेको पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटका डाक्टर सुशील ऐरीले बताए।एक पशुबाट अर्को पशुमा विभिन्न माध्यमबाट लम्पी सर्दा पशुचौपाया जोगाउनै मुस्किल