भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि कुल १ अर्व ७३ करोड ४० लाखको अनुमानित बजेट पेश गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपप्रमुख रजनी जोशीले अनुमानित बजेट पेश गर्दै चालू आवका लागि कुल आम्दानी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैयाँ भएको जानकारी दिइन् ।