काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधि...