रसुवागढी हाइड्रोपावर र पिपुल्स पावरले मागे आईपिओ निष्काशन अनुमति

रसुवागढी हाइड्रोपावर कम्पनी र पिपुल्स पावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  रसुवागढीले पुस २३ र पिपुल्सले पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।  रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । त्यस्तै पिपुल्स पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । 

सम्बन्धित सामग्री

महँगो ऋणको रसुवागढी आयोजनाका सञ्चालक र कर्मचारी दम्पती अष्ट्रेलिया भ्रमणमा जाँदै

महँगो ऋण समेत लगानी गरेर बनिरहेको रसुवागढी हाइड्रोपावर आयोजनाका सञ्चालक र कर्मचारी दम्पतीले ‘रिफ्रेसमेन्ट’का लागि अष्ट्रेलिया भ्रमण निश्चित गरेका छन् ।

रसुवागढी हाइड्रोपावरको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थपियो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीकाअनुसार सोमबार साँझसम्म ११ हजार ७४१ आवेदकले २३ लाख ३ हजार ८६० कित्ताको लागि आवेदन दिएका छन्

आईपीओ निष्कासनको दोस्रो दिनमै प्रक्रिया रोक्न माग

काठमाडौँ – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएको छ । गोसाईकुण्ड गाउँपालिका–१ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो । वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आईपीओ निष्कासनको प्रक्रिया रोक्न माग गरेका हुन् । भूकम्प र कोरोना महामारीका कारण प्रभावित […]

आईपीओ निष्कासन भएको दोस्रो दिन नै प्रक्रिया रोक्न माग !

रसुवा – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रिया रोक्न प्रभावितले नै माग गरेका छन् । हिजो सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । २०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग आईपीओ भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले आईपीओ प्रक्रिया रोख्न माग गरेको हो ।भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेका वड...

स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपीओ खुला

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभावित रसुवा […]

स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपिओ खुला

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १०...

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्कासन गर्ने

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लाग

तेस्रो त्रैमाससम्ममा रसुवागढी हाइड्रोपावर कम्पनी रू. २ करोड ८१ लाख नोक्सानीमा

जेठ २, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा रू. २ करोड ४६ लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ । चालू आवमा कम्पीनीको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड रहेको छ भने जगेडा रू. २५ करोड ९४ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ६१(ऋणात्मक) र प्रतिशेयर नेटवर्थ रू. ९५ दशलमव ७९ रहेको छ । यस कम्पनीद्वारा रसुवा जिल्लाको गासाईकुण्ड गाउँपालिकामा निर्माणाधीन १११ मेगावट जडित क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक  प्रगति ८७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । आयोजना निर्माणको क्रममा २०७२ सालको विनासकारी भुकम्प र सो पश्चातको नाकाबन्दी, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आएको ठूलो बाढी तथा पँहुचमार्गमा निरन्तर गइरहने पहिरो र पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आयोजनाको निर्माण अवधि बढ्न गएको पनि वित्तीय विवरणमा उल्लेख छ । आयोजनाको पछिल्लो संशोधित कार्यतालिका बमोजिम २०७९ पुषसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । आयोजनाको संशोधित कुल लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रू. १७ अर्ब १ करोड हुने देखिन्छ ।

दोस्रो त्रैमाससम्म रसुवागढी हाइड्रोपावर १ करोड २६ लाखभन्दा बढी नोक्सानीमा

फागुन १, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रू. १ करोड २६ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी ३ दशमलव ३६ प्रतिशत बढेकाले पनि कम्पनी खुद नोक्सानीमा गएको हो । हाल कम्पनीद्वारा निर्माणधिन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् विक्री आम्दानी नभइसकेको अवस्थामा कम्पनीको खर्च व्यवस्थापनका कारण नोक्सानी देखिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ३९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा गत वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ८ अर्ब ८२ करोड ४६ लाख र अल्कालिन कर्जा गत वर्षभन्दा १९ दशमलव ६२ प्रतिशत बढी रू. ६२ करोड ८० लाख छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव शून्य ४ रहेको छ ।