रसुवागढी हाइड्रोपावर र सान्जेनका शेयर आवेदकहरुको हात खालि नहुने, न्युनतम ३० देखि ४० कित्ता अनिर्वाय पर्ने
काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेहरुको हात खालि नहुने भएको छ । यी दुई कम्पनीले आफ्नो आईपोकोमा परेका सबै आवेदकमा न्युनतम १० कित्ता देखि ३० कित्ता सम्म ...
काठमाडौँ,२२ असार । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न […]
रसुवा – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रिया रोक्न प्रभावितले नै माग गरेका छन् । हिजो सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । २०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग आईपीओ भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले आईपीओ प्रक्रिया रोख्न माग गरेको हो ।भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेका वड...
रसुवागढी हाइड्रोपावर कम्पनी र पिपुल्स पावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रसुवागढीले पुस २३ र पिपुल्सले पुस २७ गते बोर्डमा आवेदन दिएको हो । रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । त्यस्तै पिपुल्स पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ।