औषधि ऐन संशाेधन अध्यादेश विहीबारबाट निष्क्रीय हुनेभएसँगै खोप आयातमा समस्या नहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले अध्यादेश निष्क्रिय भएपनि खोप आयातमा कुनै असर नपर्ने बताउनुभएको छ । खोप आयातमा अध्यादेश सक्रिय रहेकै अवस्थामा कम्पनीहरुसँग सम्झौता भएका कारण खोप आयातमा कुनै बाधा नपर्ने उहाँले बताउनुभयो ।