प्रधान सेनापति पूर्णचन्द्र थापाले टुँडीखेलमा सेना दिबसको अबसर पारेर एन्फा अध्यक्षलाई उक्त तक्मा प्रदान गर्नुभयो । प्रत्येक वर्ष नेपाली सेनाले सेना दिबसको अबसर पारेर आफ्नो क्षेत्रमा उत्कृष्ट गरेका एकजनालाई “प्रधानसेनापति प्रशंसा तक्मा” प्रदान गरेर सम्मानित गर्दै आएको छ । एन्फा अध्यक्ष शेर्पाले नेपाली सेनाको सम्मानबाट आफूलाई आगामी दिनमा थप सशक्त भएर काम गर्न उत्प्रेरित गर्ने प्रतिक्रिया दिनुभयो ।