कति मात्रा आउला अमेरिकाबाट नेपाललाई खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना बिरुद्धको खोप अनुदानमा उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरेको केही दिनमै अमेरिकाले नेपाललाई खोप दिने घोषणा गरेको समाचार आयो । तर, कति मात्रा खोप आउँछ र कहिले आउँछ भन्ने स्पष्ट पारिएको छैन । नेपालस्थित अमेरिकी दूताबासले विज्ञप्तिमार्फत यो कुराको जानकारी दिए पनि अमेरिकाले कति खोप दिंदैछ भन्ने स्पष्ट खुलेको छैन …

सम्बन्धित सामग्री

बेलायतबाट ८ लाख एस्ट्राजेनेका खोप आयो, थप १३ लाख आउँदै

बेलायतले थप २१ लाखभन्दा बढी कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल पठाउने भएको छ । जसअनुसार सोमवार बिहान ८ लाख डोज प्राप्त भएको छ ।  ‘यस महत्त्वपूर्ण समयमा नेपाललाई खोप सहयोग गर्न पाउँदा बेलायत खुशी छ,’ नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भनिन् ।

जापान र युनिसेफद्वारा नेपाललाई खोप कोल्ड चेनसहित स्वास्थ्य उपकरण सहयोग

१७ माघ,काठमाडौँ । जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारको लागि गत वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो । जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका  लागि ९ वटा वाक इनकुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू सहयोग गरेको छ । यी उपकरणहरू गत वर्ष देखि

नेपाललाई खोप बेच्नेबारे खसोखासलाई फाइजरको प्रतिकृया: ‘छलफलकै क्रममा छौं’

नेपाललाई कोरोनाबिरुद्धको खोप बेच्नेबारे अमेरिकन कम्पनी फाइजरले खसोखासलाई प्रतिकृया दिदै अझै पनि यो विषय छलफलकै क्रममा रहेको बताएको छ । ६० लाख डोज फाइजर खोप किन्ने सम्झौता भइसकेको समाचार कतिपय नेपालका संचारमाध्यमहरुमा आइरहँदा फाइजरले भने कतिडोज खोप बेच्ने वा कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे टुंगो लागिनसकेको बताएको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर […]

उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।

कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १० लाख डोज खोप आउँदै

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

लन्डन। बेलायतको हाउस अफ लर्ड (उपल्लो सदन)मा नेपालमा बढ्दो कोभिड-१९ सङ्क्रमणविरुद्धको लडाइँमा सहयोगबारे छलफल भएको छ। निकै छोटो समय चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र अब बेलायतले नेपाललाई सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। केहि दिनअगाडि मात्र बेलायती नायिका जुवाना लुम्लेलगायतले नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेका थिए। (रासस)