नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

लन्डन। बेलायतको हाउस अफ लर्ड (उपल्लो सदन)मा नेपालमा बढ्दो कोभिड-१९ सङ्क्रमणविरुद्धको लडाइँमा सहयोगबारे छलफल भएको छ। निकै छोटो समय चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र अब बेलायतले नेपाललाई सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। केहि दिनअगाडि मात्र बेलायती नायिका जुवाना लुम्लेलगायतले नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेका थिए। (रासस)

सम्बन्धित सामग्री

उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

देउवा र मोदी टेलिफोन वार्ता, छिट्टै नेपाललाई खोप उपलब्ध गराउने आश्वासन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज टेलिफोनमा कुराकानी भएको छ। 'द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा हामीले धारणा साटासाट गर्‍यौँ,' मोदीसँग कुराकानी पछि देउवाले ट्विटरमा लेखेका छन्। वार्तामा मोदीले छिट्टै कोरोना खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विटरमा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र कोरोना विरुद्धको लडाइँका विषयमा कुराकानी भएको बताएका छन्।

साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको …

कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १० लाख डोज खोप आउँदै

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

काठमाडौँ । सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए  ।

चीनले दिने १० लाख खोपमध्ये दुई लाख तिब्बत र आठ लाख बेइजिङले प्रदान गर्ने

काठमाडौं। चीनले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने थप १० लाख कोरोना खोपमध्ये दुई लाख तिब्बत सरकारमार्फत् दिने भएको छ। बाँकी आठ लाख भने बेइजिङबाट सीधै जहाजमा काठमाडौं पठाइनेछ। परराष्ट्र मन्त्रालयका अनुसार चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले यातायातको प्रबन्धसहित नेपाललाई खोप उपलब्ध गराउने जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानीमा १० लाख खोप दिने बताएका थिए।

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

लण्डन । बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा […]

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।          आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो । नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्यक्स छुट्टाई सकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिनुभएको थियो ।