मुलुकमा एकातर्फ कोरोनाको परीक्षण प्रभावकारी र द्रुत गतिमा हुन नसकेको अवस्था छ भने अर्कोतर्फ यही बहाना केहिलाई कमाउने अवसर पनि बनिरहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले चीनबाट सामान मगाउँदा बजार मूल्यभन्दा महँगोमा खरिद गरिएकोदेखि गुणस्तरहीन सामग्री भित्र्याइएकोसम्मका खबरहरू चर्चामा छन् । कोरोनाको आशंकामा अस्पतालमा भर्ना गरिएका केही बिरामीको मृत्यु भइसक्दा पनि समयमै परीक्षण हुन नसकेको बेला सरकार भने खरिदको झमेलामा मुछिनु दुर्भाग्यपूर्ण छ ।