अघिल्लो चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ दल दर्ता गर्ने तयारीमा छन् । मंगलबार यसबारे त्रिपाठीले निर्वाचन आयोगमा पुगेर परामर्शसमेत गरेका छन् ।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राप्रपा त्याग गरेको घोषणा गरेका छन् । उनले पनि अब नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ ।निर्वाचन आयोगले संविधानको धारा २६