विदेशबाट आयातित महँगा रक्सी विक्रेताका रूपमा परिचित ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ऋण नतिरी भागेपछि बैंक तथा वित्तीय संस्थाको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ । अधिकांश चालु पुँजी कर्जा (स्टक हाइपोथिकेटेड) रहेकाले सबैमा स्थिर सम्पत्ति धितो छैन भने भएको पनि पर्याप्त छैन । यस्तो अवस्थामा गोदाममा स्टकमा रहेको सरसामान बिक्री गरेर कर्जा असुली गर्नुपर्छ ।