एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...
मंसिर २७, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमवार विहानदेखि मतदान शुरु हुँदै छ ।
भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । मतदानका लागि मतपत्र समयमा नआइपुगेकाले मतदानमा भने ढिलाइ भइरहेको छ ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा २९३ ओटा, भृकुटीमण्डप प्रांगणमा २९३ ओटा बुथ र भृकुटीमण्डपको हलमा ५१४ ओटा बुथ राखिएको छ ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डपको प्रांगणमा र प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिले भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने छन् । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।
महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।
नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ८०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटतम प्रतिस्पर्धी उद्धव थापा पछि पछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति१.उद्धव थापा ३६२२.गुरुराज घिमिरे ४०८उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना (केदार) ३४८२.टंकप्रसाद राई ३७३३.रमेशजंग रायमाझी ३८९४.विश्वनाथ रिजाल (त्रिलोचन) ३२४महामन्त्री १.उमेश थापा ३८५२.दिपनकुमार श्रेष्ठ ३५८३.पदम सुन्दर पालुङ्गवा ३६१४.भु
नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति :१.उद्धव थापा - २७६२.गुरुराज घिमिरे -२९९उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७२.टंक प्रसाद राई -२८३३.रमेशजंग रायमाझी -२९१४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३महामन्त्री :१.उमेश थापा -२७९२.दिपन कुमार श्रेष्ठ -२६५३.पदम सुन्दर पालुङ्गवा- २६९४.भुपेन्द्र राई
१९ मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए …
विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को अधिवेशनमा आज (शनिबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ। प्रदेशको पदाधिकारीमा २१ जनाबीच प्रतिस्पर्धा हुनेछ।जसमा नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुँदैछ। झापाका थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन्।त्यस्तै, संस्थापनइतर पक्षबाट घिमिरे मैदान उत्रिएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला पक्
काठमाडौ : नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्तालगायतका प्रक्रिया आज सुरु हुने भएका छन्। प्रदेश १ बाहेक ६ वटै प्रदेशमा हिजो एकैसाथ सुरु भएको प्रदेश अधिवेशनमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जसअनुसार आज उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, जाँचबुझ, यसमाथि निर्णय, उम्मेदवारको नामावली प्रकाशन लगायतको कार्यसूची छ। निर्वाचन समितिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि बिहान
काठमाडौँ। नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि (शुक्रबार)देखि चितवनमा शुरु हुँदैछ । एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । महाधिवेशनमा सहभागी हुन आज (बिहीबार ) भरतपुर आइपुगेका राईले सचिवमा […]
९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी […]