नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि दशौं महाधिवेशनको बन्दशत्र शुरू हुन लागेको छ ।
शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दशत्र दिउँसो २ बजेपछि शुरू गर्ने तरखर छ ।
अधिकांंश महाधिवेशन प्रतिनिधि हलभित्र प्रवेश गरिसके पनि अध्यक्ष केपी शर्मा ओली हलमा आएका छैनन् । बन्दशत्र चलिरहेको होटलमा ओली उपस्थित भएका छन् ।
बन्दशत्र शुरू नभएपछि प्रतिनिधिले विद्युतीय मतदानबारे जानकारी लिन खोजेका थिए । त्यहाँ उपस्थित पूर्व पोलिटव्युरो सदस्य एवं प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले चुनाव नहुने बताए । ...