महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ ।
सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ । मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको छ । कोरोनापछि यस वर्षको महाशिवरात्रि मंगलबार मनाइँदै छ ।