लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा

लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा राखेको छ ।बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा राखेको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानका

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर

१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् । विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा […]

एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामिमा

एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनीहरूले किन्न सक्नेछन् । इच्छुक खरिदकर्ताले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले पनि यो सेयर किन्न सक्नेछन् ।मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने बैंक

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरूलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने […]

कुमारी बैङ्कको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैङ्कका संस्थापक सेयर धनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैङ्कका संस्थापक सेयर धनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा […]

साथी पार्टनसले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

साथी पार्टनर्स लिमिटेडले पुँजी बृद्धिको लागि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु¥याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक रुपमा बिक्री गर्ने भएको हो । यसका लागि कम्पनीले व्यवसायिक सोच भएका व्यक्तित्वहरूलाई जोड्ने योजना बनाएको कम्पनीका संस्थापक अध्यक्ष तथा साथीमार्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोखरेल जानकारी दिए ।‘२०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु¥याउने लक्ष्य छ ।

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । लगानीकर्ताले बैंकको प्रधान कार्याल

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।संस्थापक सेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बेच्दै नबिल

काठमाडौं। नबिल बैंकले आफ्नो स्वामित्तवमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकले लघुवित्तको संस्थापक सेयरको मूल्य ७०० रुपैयाँ कायम गरेको छ। किन्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १००० र अधिकतम सम्पूर्ण कित्ता सेयरमा आवदेन दिन पाउनेछन्।