७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो ।

सम्बन्धित सामग्री