काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको हो । डब्ल्युएचओका बरिष्ठ चिकित्सक हान्स क्लुगेले ओमिक्रोन पश्चिम युरोपदेखि पूर्वी युुरोपसम्म पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गर्नुभएको हो । […]