कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बनेको छ । सर्वोच्च अदालतको मंगलवारको आदेशपछि अन्य १९ जनासँगै जेठ २१ गते मन्त्री बनेका शेरबहादुर तामाङ पनि विदा भएका छन् ।
तामाङ स्वास्थ्य मन्त्री बनेपछि कोरोना विरुद्धको खोपका लागि पहल तीब्र बनाएका थिए । मन्त्रालयको नेतृत्व लिएपछि आफूले तीनवटा काम गरेको मन्त्री तामाङले लोकान्तरलाई बताए ।
‘सबै सरकारी अस्पतालको सबलीकरण, सर्वसाधारण नेपाली जनताले निशुल्क उपचार पाउनु पर्ने कुरा र कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउने काममा दत्तचित्त भएर लागेको थिए’ पदमुक्त भ...