बेलायतमा अर्को साताबाट कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाइने

बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात्  ‘बुस्टर’ डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि उनले बताए । सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका  १६ देखि ४९ वर्ष उमेरका  तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई  उक्त खोप