सहजपुर–बीपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु भएको ३५ वर्षपछि कालोपत्रे थालिएको छ । उक्त सडक कैलालीको चुरे गाउँपालिकाको सहजपुरबाट डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआई सिंह गाउँपालिका हुँदै दिपायल सिलगढी नागरपालिकाको राजपुरसम्म जोड्ने छ । एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा पिआरएल–कुमार जेभीसँग दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेको सहजपुर बोगटान दिपायल महेन्द