खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि जन्तेढुंगाको देविस्थान, चिसापानी हुँदै खोटेहाङ गाउँपालिकासम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा कालोपत्रे हुन लागेको हो ।जिल्लाका विकटमध्येको एक मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको […]