संखुवासभा : जिल्लाका पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायामा छालासमबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए।छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाया मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र प्रमुख पोखरेलले जानकारी दिए।खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका